मेटलाइफद्वारा बीमा शुल्क भुक्तानी संकलनका लागि त्रिपक्षीय सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेटलाइफद्वारा बीमा शुल्क भुक्तानी संकलनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा स्ट्याण्डर्ड चार्टर्ड बैंक सँग सहकार्य गरी बीमा शुल्क भुक्तानीका लागि डिजिटल स्ट्यान्डिङ इन्ट्रक्चर (ई–म्यान्डेट) सुविधा नेपाल क्लियरिङ हाउसको राष्ट्रिय भुक्तानी इन्टरफेससँग आफ्नोप्रणालीलाई एकिकृत गरी सक्षम पार्ने गरी साझेदारी गरेको छ ।

यो सुविधा मेटलाइफ नेपालले नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रचलनमा ल्याएको हो । यस व्यवस्था सँगै, मेटलाइफ नेपालका ग्राहकहरूले आफ्ना बीमा शुल्क भुक्तानीहरूको लागि सक्षम गरिएको डिजिटल स्ट्यान्डिङ्ग निर्देशनमा आधारित ई–म्यान्डेट सुविधाको सदस्यता लिएर झन्झटमुक्त तरिकाले आफ्नो बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्। यस सुविधाको सदस्यता लिए अन्तर्गत ग्राहकहरुले बीमा शुल्क भुक्तानीको निर्धारित मितिमा आफ्नो बैंक खाताबाट रकम प्रत्यक्ष भुक्तानी गर्न अनुमति दिन सक्नेछन् ।

Read More
  • MBL - below news