नेष्डो समृद्ध लघुवित्तले हार्यो लाभांश सम्बन्धी मुद्दा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेष्डो समृद्ध लघुवित्तले हार्यो लाभांश सम्बन्धी मुद्दा

नेष्डो समृद्ध लघुवित्तले लाभांशबारेको मुद्दा हारेको छ । कम्पनीले आफुले प्रस्ताव गरेको जति सबै लाभांश बितरण गर्न पाउनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

तर आज अदालतले त्यस मुद्दामा लघुवित्तले माग गरे बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको हो । आज न्यायधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलाशले यस मुद्दाको अन्तरिम आदेश नहुने भन्दै आदेश दिएको हो।

 कम्पनीले आफुले प्रस्ताव गरेको लाभांश नै वितरण गर्न पाउनु पर्ने माग गर्दै नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर जेठ ५ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा जेठ ९ गते न्यायधीश सुष्मालता माथेमाको एकल इजलाशले लाभांश घटाउने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।  साथै राष्ट्र बनकको नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आज दुवै पक्षबीच छलफल भएपछि अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने उल्लेख गरेको हो ।

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad