नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकका अनुसार आज जाल्पा समूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको हो ।
स्टकको अनुसार जाल्पा समूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १४३४.५७ रुपैयाँ कायम गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १६३९ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।



