आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत, आइतवारदेखि कारोबारमा आउने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत, आइतवारदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभिई एकीकृत कारोबार पछि ‘आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट ‘आइजीआई’ सिम्बोलबाट शेयर सूचीकृत भएको हो । 

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल ३ करोड २ लाख ९३ हजार ३४६ कित्ता शेयर सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनका लागि संलग्न संझौता बमोजिमका शर्तहरु पालना गर्ने गरी जेठ १८ गते आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयर सूचीकृत भएको हो ।
अब कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच १ः१ अनुपातमा मर्ज भएका हुन् ।

Read More
  • MBL - below news