भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले मचेन्ट सम्बन्धि पूर्व तयारी गर्न एनएमबि क्यापिटलसँग सम्झौता गरेको छ।
सम्झौता पछि अब एनएमबि क्यापिटलले फोनपेलाई आइपीओ जारी गर्ने सम्बन्धमा परामर्श दिनेछ । पूर्व तयारीको काम सकिएपछि फोनपेले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्नेछ ।
फोनपे आइपीओ जारी गर्ने तयारीमा रहेको नेपालको पहिलो फिनटेक कम्पनी हो । सन् २०१९ बाट सञ्चालनमा रहेको फोनपेले बैंक तथा वालेट प्रदायकका ग्राहकहरूलाई मोबाइल फोनमार्फत नगदरहित भुक्तानी सेवा दिँदै आएको छ।