सर्बोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।
नेपाल राष्ट्र बैंकले नेस्डो समृद्धि लघुवित्तले प्रस्ताव गरेको लाभांश वितरण गर्न नदिएपछि लघुवित्तले सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेको थियो। लघुवित्तले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागलाई प्रतिबादी बनाएर मुद्धा दर्ता गरेको थियो। सो मुद्धामा सर्बोच्चले कारण देखाउ आदेश जारी गरेको हो।
नेपाल राष्ट्र बैंकले फागुन १० गते भन्दा अगाडि साधारण सभाको लागि स्वीकृति प्राप्त नगरेका सबै लघुवित्तको लाभांश संशोधन गराएर १५ प्रतिशत मात्रै लाभांश दिन स्वीकृति दिएकाे थियाे तर नेस्डो समृद्धि लघुवित्तलाई भने राष्ट्र बैंकले १७.९३ प्रतिशत लाभांश दिन स्वीकृति दिएको थियो। सो पश्चात नेस्डोले सर्बोच्च अदालतमा मुद्धा दर्ता गराएको हो।








