काठमाडौं । सानिमा रिलायन्स लाइफ इस्योरेन्स शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
साविकको सानिमा लाइफ इस्योरेन्स र रिलायन्स लाइफ इस्योरेन्स एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) गर्दा १ः१ अनुपातमा कायम हुन आएको प्रति शेयर अकिंत तथा चुक्ता मूल्य १ सय को दरमा ४ करोड १८ लाख ४० हजार कित्ता शेयर सानिमा रिलायन्स लाइफ इस्योरेन्सको नाममा सुचीकृत भएको हो ।





