३ बीमा कम्पनी मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
३ बीमा कम्पनी मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर आज वैशाख २६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो ।

युनियन र प्राइमको वैशाख ६ गते सम्पन्न विशेष साधारणसभा र गुराँसको सोहि दिन सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले वैशाख १३ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले वैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइमको कार्यालय रहेको स्थान हात्तिसारमा रहने छ । 

Read More