काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को बैशाख २० गते गरेको निर्णय अनुसार सो लघुवित्तको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम लघुवित्तको शेयर रोक्का राखेको थियो ।
नेप्सेले लघुवित्तलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा सो कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै सो कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।








