प्रोग्रेशिभ फाइनान्स लिमिटेडले क्युआर भुक्तानी टेलर सेवा शुरु गरेको छ । यसबाट ग्राहकहरुलाई साना साना रकमहरु झिक्न पनि चेक बुक तथा डेविट कार्डको अनावश्यक प्रयोग गर्नुपर्ने झण्झटबाट मुक्त बनाएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यो सेवा लिनका निम्ति मोबाइल बैंकिङ सेवा सुचारु भएका ग्राहकहरुले संस्थाका कुनै पनि शाखा वा विस्तारित काउन्टर कार्यालयमा गई क्युआर स्क्यान गरेर रकम भुक्तानी प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यसको भुक्तानी सीमा भने मोबाइल बैंकिङको भुक्तानी सीमा अनुरुपकै रहनेछ ।







