काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको बोनस शेयर बिहीवार सूचीकृत भएको छ ।
कम्पनीको ५ लाख १४ हजार ८० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।



