काठमाडौं । काठमाण्डौ। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ ल्याउने भएको छ। कम्पनीले १०० रुपैयाँ दरका कुल २५ लाख ८० हजार आईपीओ ल्याउने भएको हो।
कम्पनीले आईपीओ निष्कासन तथा बिक्रीमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। नेपाल एसबिआई मर्चेन्टको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा आज आयोजित एक समारोहबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो।







