नक्कली ऋणी खडा गरेर ८ करोड बढी रकम ठगी गर्ने आरम्भ चौतारी लघुवित्तका मेनेजर पक्राउ


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नक्कली ऋणी खडा गरेर ८ करोड बढी रकम ठगी गर्ने आरम्भ चौतारी लघुवित्तका मेनेजर पक्राउ

काठमाडौं । नक्कली ऋणी खडा गरी ८ करोड बढी रकम अपचल गर्ने आरम्भ लघुवित्त वित्तीय संस्थाका मेनेजर पक्राउ परेका छन् । नुवाकोटको तादी गाउँपालिका ३ स्थित आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा करोडौं रकम अपचलन गरेको भन्दै प्रहरीले खरानीटार शाखाका शाखा प्रबन्धक विवश पाण्डेलाई पक्राउ गरेको हो ।

पाण्डेले संस्थाको करोडौं रकम हिनामिना गरेको भन्दै संस्थाबाटै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्रबहादुर खड्काले बताएका छन् । ‘करोडौं रकम हिनामिना भएको भन्दै पाण्डेविरुद्ध संस्थाबाटै उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी खड्काले भने, ‘पाण्डेले लघुवित्तमा फर्जी खातावाला खडा गरी ऋण प्रवाह गरेको आरोप छ । थप अनुसन्धान गरिरहेका छौँ ।’ ...

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad