काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको एकीकृत शेयर कारोबारमा ढिलाइ भएको छ । गत फागुन १७ गतेदेखि एकीकृत कारोबार शुरू गरेका साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार एकीकृत कारोबार भएको दिनदेखि नै रोक्का रहेको हो ।
पछिल्लो व्यवस्थाअनुसार मर्जर तथा प्राप्ति प्रयोजनका लागि एकीकृत कारोबार भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने हुन्छ । यी कम्पनीहरूको शेयर कारोबार रोक्का भएको भने एक महीना पुग्न लागेको छ । मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय शेयर कारोबार रोक्का भएकै कारण नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको छ ।





