नेष्डो समृद्ध लघुवित्तका प्रबन्ध निर्देशक विश्व प्रकाश प्रसाई ठकुरीले कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत हुनेमा आफुहरु विश्वस्त रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको सम्पूर्ण निर्देशनको पूर्ण पालना हुने गरि लाभांश प्रस्ताव गरीएकोले लाभांश स्वीकृत हुनेमा कम्पनी विश्वस्त रहेको उनले बताए ।
कम्पनीको चैत्र ९ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।







