सानिमा रिलायन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा रिलायन्सको सिईओमा शिवनाथ पाण्डे नियुक्त

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डे नियुक्त भएका हुन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए ।नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पाण्डे अवकास भएका थिए । चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ । उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा थिए ।

Read More
  • MBL - below news