काठमाडौं : रकम ठगी गरेको आरोपमा खल्ती वालेटका दुईजना कर्मचारी प्रहरीले पक्राउ गरेको छ। ग्राहकको खातामा जम्मा भएको ७० लाख रकम ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
खल्ती एपमा पठाएको रकम हराउने र फिर्ता नआउने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान थालेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खल्ती वालेटका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको हो । ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार प्रक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलालीका दिनेश स्वार रहेका छन् ।