मर्ज भएका सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मर्ज भएका सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार आजदेखि

९ चैत, काठमाडौं । मर्जरमा गएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले आज चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् ।

दुई कम्पनीबीच मर्जर सम्पन्न भएकाले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो । कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरमा छ ।

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृती प्रदान गरेको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो ।

Read More
  • MBL - below news