१८ फागुन, काठमाडौं । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । बुधबार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेको हो ।
एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । उनले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पूँजी मात्र वृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताए । उनले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फूर्त भएको बताए । कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने उनले बताए ।





