युनियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा त्यसमा लाग्ने व्याज छुट दिने भएको छ ।
कम्पनीले नविकरण शुल्क भुक्तानी नगरी दुई वर्ष अघिदेखि व्यतित भएका बीमालेखहरुको नविकरण गर्दा लाग्ने बिलम्ब शुल्कमा छुट दिन भएको हो ।
कम्पनीले फागुन १७ गते देखि ३० गते सम्मका लागि व्यतित बीमालेख नविकरण गर्दा शत प्रतिशत व्याज छुट दिने जनाएको छ ।



