मर्जरपछि प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मर्जरपछि प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकिकृत कारोबार मिति तय

प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स एक आपसमा मर्ज भई फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने भएका छन् । मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकिकृत कारोबार हुन लागेको हो । 

दुवै कम्पनीको पुस २९ गते सम्पन्नसाधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले माघ १६ गते, धितोपत्र बोर्डले माघ २४ गते, र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

Read More
  • MBL - below news