काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मिथिला लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले दुवै कम्पनीको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ५ गते बुक क्लोज गरेकाले फागुन ४ गतेसम्म कायम अन्तिम शेयर मूल्यका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
मिथिला लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य रू १ हजार ६० को आधारमा प्रस्तावित १५ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ९२१ दशमलव ७४ तोकेको छ ।








