काठमाडौं । नेको इन्स्योरेन्सको नाफा १७.२० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १७ करोड ६० लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड २ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार पनि २३.२५ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७५ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ११.४६ प्रतिशतले घटेर ८७ करोड २५ लाख ८० हजार रुपैयाँ पुगेको छ ।





