आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिने भएको छ । आज शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरू लगायत सञ्चालकज्यूहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा यस कम्पनीका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।



_20230210174854.jpeg)

