काठमाडौं : गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ६.५०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि यसको भाउ प्रतिकित्ता ३४२ रुपैयाँ ७२ पैसा कायम भएको छ । फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य ३६५ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
अब आइतबार समायोजन भएको मूल्यबाट यसको कारोबार खुला हुनेछ । यसले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६.५०% बोनस सेयर र कर तिर्न ०.३४% नगद प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश फाइनान्सको माघ २७ गते बस्ने साधारण सभाले पारित गर्नेछ ।








