शिखर इन्स्योरेन्स र नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने आज माघ १६ गते अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
शिखर इन्स्योरेन्सले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २५ गते आफ्नै केन्द्रीय कार्यालयमा आर्थिक वर्ष ७७/७८ र ७८/७९ को साधारणसभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफा १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।




