नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युुनियन लाईफ इन्स्योरेन्स कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ ।
कम्पनीकाे ८.९७ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ७८ रूपैयाँ ११ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले आइतबारकाे अन्तिम काराेबार मूल्य ५ सय २१ रूपैयाँका आधारमा मूल्य समायाेजन गरेकाे हाे ।
कम्पनीको ५ औँ वार्षिक साधारण सभा माघ २६ गते, विहिबार टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभाले कम्पनीको पुस १२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।



