चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न भएको छ । देशभरका जोनल हेड प्रोभिन्स हेड रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब तीन सय जना कर्मचारीहरूको उपस्थितिमा प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि तथा उत्प्रेरणामूलक तालिम चितवनको सौराहामा आयोजित सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित उच्च पदाधिकारीहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिए । साथै कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सञ्चालनमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सम्मान गरे । कार्यक्रममा ३ जना जोनल हेड ,३ जना प्रोभिन्स हेड, ५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख ,१२ जना कार्यालय सञ्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।





