काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । साना उद्यमी, व्यवसायी तथा विपन्न वर्गलाई सहज र दिगो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका वडा नं २ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तले आफ्नो छैठौं वार्षिक स्थापना दिवस माघ ७ गते सम्पन्न गरेको हो ।
छैठौं वार्षिकउत्सवको अवसरमा वित्तीय जनचेतना सहित प्रभातफेरी कार्यक्रम गरी संस्थाको तर्फबाट गैंडाकोट नगरपालिका, वडा कार्यालय र इलाका प्रहरी कार्यालयलाई फोहोर व्यवस्थापनको लागि डस्टविन वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रविण कुमार लामाले गरेका थिए ।








