राष्ट्रिय सहकारी बैंकमा २०.०२ प्रतिशत तरलता


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्रिय सहकारी बैंकमा २०.०२ प्रतिशत तरलता

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालु आर्थिक वर्षको पुस मसान्तको अपरष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार सहकारी बैंकमा २०.०२ प्रतिशत तरलता रहेको छ ।

पुस मसान्सम्म सहकारी बैंकमा कुल शेयर सदस्यहरुको संख्या १५ हजार ७२४ रहेको छ भने कुल ऋणी सहकारी सदस्यको संख्या २ हजार ६३४ रहेको छ ।

उक्त वित्तीय विवरण अनुसार हाल बैंकको शेयरपुँजी २ अर्ब ९४ करोड १२ लाख रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा एक अर्ब ४ करोड ९९ लाख, कुल बचत ४१ अर्ब ६३ करोड २ लाख, ऋण लगानी ३४ अर्ब १६ करोड रुपैयाँ रहेको छ । 

Read More
  • EBL Ad news