काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।
प्राविधिक कारणले गत आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षण कार्यमा ढिलाइ भएकाले वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न असमर्थ रहेको जानकारी दिँदै कम्पनीले आगामी चैत मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
गत वर्ष मङ्सिर ५ गते वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीले करसमेत ५ दशमलव ४१ प्रतिशत लाभांश वितरण गरेको थियो ।








