काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी’ सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवाको शुरुवात गरेको हो । साे कार्यक्रम शुभारम्भको उद्घाटन नेपाल राष्ट्र बैंकका कामु. गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाले पुस २१ गतेदेखि सञ्चालनमा ल्याएको मोबाईल बैंकिङ्ग तथा क्युआर मार्फत भुक्तानी मार्फत् ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् ।
उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई अद्यावधिक–अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल स्टोर वा गुगल प्ले स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।








