बीमा संस्थानले अदालतको आदेश पनि टेरेन, कर्मचारी ब्यबस्थापन भद्रगोल


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बीमा संस्थानले अदालतको आदेश पनि टेरेन, कर्मचारी ब्यबस्थापन भद्रगोल

राष्ट्रिय बीमा संस्थानका कर्मचारीहरु पछिल्लो ४ वर्षदेखि एउटै पदमा बन्धक छन्। संस्थानले पदपुर्तिको पक्रिया अगाडी नबढाउँदा कर्मचारीहरु एउटै पदमा बन्धक भएका हुन्।

यो बीचमा कतिपय कर्मचारी जागिर छोडेर बह्रियेका छन् भने कति ‘पर्ख र हेर’ को अवस्थामा छन्। बाहिरिएका कर्मचारीमध्ये माथिल्लो तहका कर्मचारी बढी भएकोले ति पद अहिले रिक्त छ । सहायक पदमा ‘आउट सोर्सिङ’ बाट काम चलाईएको छ। संस्थान स्रोतका अनुसार २०७५ यता करिब २८ प्रतिशत कर्मचारी संस्थानबाट बाहिरिएका छन्। 

कुनै समय राष्ट्र बैंकको भन्दा पनि आकर्षित मानिने संस्थानको जागिर अहिले कर्मचारीका लागि निल्नु न ओकल्नु भएको छ। संस्थानका एक कर्मचारीले अन्य क्षेत्रको लागि लोकसेवा भिड्न जान उमेरहद लगायतका विषयले पनि असहज हुने र संस्थानमै बस्न कर्मचारिमाथि नेतृत्वले राख्ने धारणाले निरुत्साहित भएको बताए।

Read More