बिमा प्राधिकरणको निर्देशनपछि आइएमई जनरल इन्स्योरेन्सको लाभांस संशोधन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिमा प्राधिकरणको निर्देशनपछि आइएमई जनरल इन्स्योरेन्सको लाभांस संशोधन

आइएमई जनरल इन्स्योरेन्सको लाभांस संशोधन भएको छ।  कम्पनीको आ.ब. २०७८ / ७९ को लाभांसमा  नेपाल बीमा प्राधिकरणको निर्देशन पछ्यात कम्पनीको लाभांस संशोधन भएको हो।

कम्पनीको  पौष १७ गते आइतवार अपरान्ह ४:०० बजे बसेको  बैठकबाट प्रस्तावित लाभांसमा संशोधन गरी आ. ब. २०७८ / ०७९ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रू.१,७०,१६,५१,४२०/- (अक्षरेपी एक अरब सत्तरी करोड सोह्र लाख एकाउन्न हजार चार सय बीस रूपैया मात्र) को ६  प्रतिशतका दरले हुन आउने रू.१०,२०,९९,०८५.२०।- (अक्षरेपी दश करोड बीस लाख उन्नासय हजार पचासी रुपैया र पैसा बीस मात्र) बरावरको बोनस शेयर एवं उक्त बोनस शेयरमा लाग्ने कर वापत चुक्ता पूंजीको ०.३२ प्रतिशतले हुन आउने रकम रू.५३,७३,६३६.०६/- (अक्षरेपी त्रिपन्न लाख त्रिहत्तर हजार छ सय छत्तिस रुपैया र पैसा छ मात्र) नगद लाभांश सहित जम्मा ६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित कम्पनीको २५औं बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ। 

Read More
  • MBL - below news