प्रभु बैंकको साधारणसभा सम्पन्न, लाभांश वितरणसँगै सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु बैंकको साधारणसभा सम्पन्न, लाभांश वितरणसँगै सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

प्रभु बैंकको साधारणसभाले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकलाई १ः१ को सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) मा प्राप्ती गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित गरेको हो । यस्तै बैंकको २१औं वार्षिक साधारण सभाले अर्थिक वर्ष आ.व. २०७८/७९ को मुनाफाबाट असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र लाभांसमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको छ ।

बैंकको साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आव ०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । यस्तै बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आव २०७८÷७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।

बैंकको वार्षिक साधारण सभाले अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । यस्तै प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरुबाट कुनै निर्देशन, सुझाव प्राप्त भएमा सो को आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनश साधारण सभाले पारित गरेसँगै बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news