सूर्यज्योति लाईफ तेस्रो ठूलो बिमा कम्पनी, चुक्ता पूँजी रु ४.५४ अर्ब रुपैयाँ, अझ बृहत/ सबल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सूर्यज्योति लाईफ तेस्रो ठूलो बिमा कम्पनी, चुक्ता पूँजी रु ४.५४ अर्ब रुपैयाँ, अझ बृहत/ सबल

काठमाडौं/ सूर्र्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले यहि पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गर्न सकेको छ । 

मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गर्यो । 


मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रु ४.५४ अर्ब रुपैयाँ पुगेको छ । यससँगै कम्पनी चुक्ता पुँजिमा तेश्रो ठूलो बीमा कम्पनी बनेको छ । 

एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवन बिमाकोष रु २२ अर्ब, लगानी रु २८ अर्ब र कुल शाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।
एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत,अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुनेछ । 

Read More
  • MBL - below news