पछिल्ला दिनमा विभिन्न बजार तथा पेशाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्रबैँकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको शक्रियताका कारण डिजिटल अभियान शाकार हुँदै गएको हो ।
पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर तथा व्यवसायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैकले फोनपेसंगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाईज गरेको छ । अब देखि ति टेम्पोहरमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा भएको थियो । यो अभियान एक वर्ष अगाडीनै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो ।








