मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइन मार्फत खाता खोल्ने सुबिधा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मञ्जुश्री फाइनान्सले ल्यायो अनलाइन मार्फत खाता खोल्ने सुबिधा

काठमाडौं । मञ्जुश्री फाइनान्सले अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा ल्याएको छ । उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको फाइनान्सले अब अनलाइन अकाउन्ट ओपनिङको सुविधा उपलब्ध गराएको हो ।

साथै ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको व्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको फाइनान्सले जनाएको छ । स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ । फाइनान्सले २०७९ मंसिरसम्म रु. १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको छ ।

Read More
  • MBL - below news