काठमाडौं । उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएकोे हो । साथै “मञ्जुश्री प्रिमियम बचत खाता” र १ वर्ष वा सो भन्दा बढि अवधिको व्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ ।
स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ । यस संस्थाले २०७९ मङ्गसिर सम्म रु. १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको छ । मञ्जुश्री फाइनान्स लिमिटेड केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रहि न्युरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ रहेको छ ।





