काठमाडौं । सिभिल बैंकले मंसीर १० गते आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम नेपालगञ्ज र जानकीमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ ।
जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्धघाटन कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यबाद दिइन् र यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट बैंक कारोबार गर्न बैंकिङ साक्षरता पनि प्रदान हुने कुरा पनि बताएकी थिइन् ।








