सानिमा लाइफले पनि बीमालेख धिताे कर्जाको व्याजदर बढायो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सानिमा लाइफले पनि बीमालेख धिताे कर्जाको व्याजदर बढायो

सानिमा लाइफल इन्स्योरेन्सले पनि बीमालेख धितोमा लगानी गर्ने कर्जाको व्याजदर बढाएको छ । कम्पनीबाट विभिन्न मितिमा बीमा गराई बीमालेख धितो कर्जा लिएका बीमित तथा प्रस्तावकहरुको कर्जामा लिइदै आएको व्याजदरलाई परिमार्जन गरेको हो ।

 

बीमालेख धितोमा कम्पनीले १० प्रतिशत व्याजदरमा कर्जा प्रवाह गर्दै आएको थियो । त्यसलाई परिमार्जन गर्दै कम्पनीले १२ प्रतिशत पुर्याएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ व्याजदर कात्तिक १ गते देखि लागु भएको जनाएको छ ।

कम्पनीले बीमितलाई आफुले लिएको कर्जा तथा उक्त कर्जामा लागेको व्याज समयमै भुक्तानी गर्न आग्रह गरेको छ ।

यस अघि सूर्या लाइफ इन्स्योरेन्सले पनि बीमालेख धितो कर्जाको व्याजदर १२ प्रतिशत पुर्याएको थियाे ।

Read More
  • MBL - below news