डिजिटल वालेटहरु मर्ज गरेर फाइदा छैन: अमित अग्रवाल


  • KBL News Ad
  • ADBL
  • City Express
डिजिटल वालेटहरु मर्ज गरेर फाइदा छैन: अमित अग्रवाल

मानिसले आफूसँग भएको रकम सुरक्षित तवरले जम्मा गर्ने, अरुलाई सजिलै भुक्तानी दिन मिल्ने, आयको निश्चित रकम मित्तव्ययी तवरले प्रयोग गरेर आर्थिक समृद्धिमा अघि बढ्नका लागि सहज र समयानुकूल ढङ्गबाट कार्य सम्पादन गर्न सकियोस् भन्ने उद्देश्यका साथ बैंकिङ अवधारणा अगाडि आएको हो । यसले मानिसको रकम चोरी हुन, फजुल खर्च हुन, भौतिक रुपमा मासिन नासिन सक्ने परिस्थितिबाट जोगाउन सहयोग गर्दै आएको छ । समयको गतिशीलतासँगै मानिसको दैनिकीमा आएको परिवर्तन, भागदौड, अस्तव्यस्ततालाई चिर्दै आइपर्ने समस्याहरुको चुस्त–दुरुस्त समाधानका लागि बैंक एक्लैले काम गर्न नसक्ने परिस्थितिको सिर्जना हुन पुग्यो ।

फलतः वालेटहरु प्रयोगमा आउन थाले । जसले मानिसको आर्थिक गतिविधिलाई सन्तुलित र सहज बनाउन उल्लेख्य भूमिका खेल्न थाल्यो । ती विविध एपहरुमध्ये खल्ती डिजिटल वालेट पनि एक हो । जसको लोकप्रियता दिन–प्रतिदिन बढ्दै गइरहेको छ । खल्तीप्रति आम मानिसहरुको विश्वसनीयता कस्तो छ ? यसले कसरी काम गर्छ ? आगामी दिनमा मानिसहरुको आर्थिक पक्षलाई अझै प्रभावकारी ढङ्गले सम्बोधन गर्न खल्तीले के–कस्ता रणनीतिहरु अपनाएको छ ? आदि जस्ता विषय सन्दर्भमाथि केन्द्रित रहेर खल्ती एपका संस्थापक/सञ्चालक अमित अग्रवालसँग वित्तीय साक्षरताका लागि गरिएको कुराकानीको सारसङ्क्षेप :

१. खल्ती आजको दिनमा नाफामा छ कि घाटामा छ, लगानी कति पुग्यो ?

खल्तीमा नगन्य मात्रामा बौद्धिक लगानी भएकोले यति नै हो भनेर रुपैयाँमा भन्न सकिने अवस्था छैन। यद्यपि, हाम्रा को–फाउण्डरहरुले विदेशी आउटसोर्सिङ काम गरेको भए महिनाको १५–२० हजार डलर कमाउन सक्थे, त्यो क्षमता उनीहरुमा छ । तर, खल्तीमा ६ वर्षदेखि ४ जना को–फाउण्डरहरुले मिनिमम स्केलमा वा तलबमा काम गरिरहेका छन् । अहिले त मिटिङ भत्ता मात्र लिने गर्दछौँ हामी। त्यतिबेला पनि १६ घण्टासम्म दैनिक काम गर्ने गरिन्थ्यो । त्यो लगानी कति हो भनेर तथ्यगत रुपमा भन्न सकिँदैन। अहिले हामी नाफामा भन्दा पनि नेपाली डिजिटल पेमेन्टलाई गति दिनमा नै लागिपरेका छौँ, निकट भविष्यमा हाम्रो बजार छ भन्ने चाहिँ देखेका छौँ । अहिले वर्डलिङ्कले लगानी गरेर खल्तीको ४० प्रतिशत शेयर लिएको छ।

२. खल्तीको साधारण शेयर (आइपियो) कहिले आउँछ ?

खल्तीको आइपिओ आउनको लागि सेबनको पोलिसीमै चेन्ज भए मात्र सम्भव छ । एक त हाम्रो बुक्समा त्यति ठूलो फाइदा हुँदैन। तर, हाम्रो लगानी धेरै ठूलो भइसकेको छ । अहिलेकै अवस्थामा हाम्रो फाइदालाई हेर्ने हो भने आइपिओ सम्भव छैन ।

अर्को त पोलिसी चेन्ज गर्नुपर्‍यो, बुक बिल्डिङ बनाउने, नेटवर्थ बनाउनुपर्‍यो, त्यसो हुँदा मात्र अबको ३–४ वर्ष पछि यो सम्भव होला ।

खल्तीको आइपिओ (IPO) आउनको लागि सेबनको पोलिसीमै चेन्ज भए मात्र सम्भव छ ।

३. डिजिटल साक्षरताको अभिवृद्धिका लागि खल्तीले के–कस्ता कामहरु गरिरहेको छ?

हामीले ठाउँ–ठाउँमा गएर साक्षरताका कार्यक्रमहरु गरिरहेका छौँ। हामीले डिजिटल साक्षरतामा रहेर खल्ती क्विज भनेर पनि सञ्चालन गरेका छौँ । क्विजको प्लेटफर्म प्रयोग गरेर मान्छेलाई सचेत गराउने चाहिँ हाम्रो थर्ड प्रोसेस हो ।

हामी स्मार्ट छोरीमार्फत् छोरीहरुलाई डिजिटल कारोबारमा ल्याउन धेरै समय लागि पर्‍यौ “अब फेरि स्मार्ट छोरी निकट भविष्यमा नै लन्च गर्छौ” स्मार्ट छोरी कार्यक्रम खल्ती डिजिटल वालेट एप भित्रको निःशुल्क ई–लर्निङ प्लेटफर्म हो जहाँ केटीहरूले डिजिटल वालेट, बैंक खाता खोल्ने, पैसा व्यवस्थापन, अनलाइन सुरक्षा, डिजिटल भुक्तानी र व्यक्तिगत वित्तका आधारभूत कुराहरू सिक्न सक्छन्। स्मार्टफोन र इन्टरनेटको पहुँच भएका १५ देखि ३५ वर्ष उमेर समूहका युवतीहरूले कार्यक्रममा सहभागी हुन सक्छन्। यसले वित्तीय साक्षरताको क्षेत्रमा केटीहरूलाई प्रोत्साहित गर्न सघाउ पुग्दछ ।

“स्मार्ट छोरी कार्यक्रम खल्ती डिजिटल वालेट एप भित्रको निःशुल्क ई–लर्निङ प्लेटफर्म हो, जहाँ केटीहरूले डिजिटल साक्षरता र व्यक्तिगत वित्तका आधारभूत कुराहरू सिक्न सक्छन् ।”

त्यसपछि हामीले डिजिटल एम्बास्डरहरु पनि बनाउँछौँ । रेगुलर खल्तीका कुराका भिडियो सिरिजहरु पनि ल्याइरहेका छौँ । हाम्रो एपमा मात्र ३०० प्लस भिडियोहरु छन्, ती सबै वित्तीय साक्षरताको लागि हो । हरेक सर्भिसेसको एक एक भिडियो रहेको छ । आजको दिनमा डेडिकेटेड सपोर्ट, सर्भिसेस र लिटरेसीको कुरामा हामी एकदम मेहनतका साथ काम गरिरहेका छौँ । हामीले सपोर्टमा मात्र नभई टेक्नोलोजीको अटोमेसनको टुलमा पनि उत्तिकै खर्च गरेका छौँ, जुन ग्राहकको सहजताका साथै डिजिटल लिटरेसीका लागि पनि हो ।

४. बैंकले वालेटरुलाई सहयोग गरेका छन् कि प्रतिस्पर्धीका रुपमा हेरेका छन्? ...

Read More
  • EBL Ad news