काठमाडौं : अजोड इन्सुरेन्सले मंसिर ९ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा बस्ने निर्णय गरेको हो । सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको हाल कायम पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१% र सर्वसाधारण समूहको ४९% कायम गर्ने प्रस्ताव पेश गर्नेछ ।
हाल यस कम्पनीमा संस्थापक समूहको ७०% र सर्वसाधारण समूहको ३०% हिस्सा रहेको छ । त्यस्तै, सभाले प्रभु इन्सुरेन्ससँग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्नेछ । साथै, अन्य उपयुक्त निर्जीवन बिमा कम्पनीसँग एक आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न मर्जर अध्ययन कमिटी गठन गर्ने निर्णयसमेत अनुमोदन गर्नेछ ।








