लगानीकर्तामा लाभांश मोह, जाल्पा सामुदायिक लघुवित्तसहित ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लगानीकर्तामा लाभांश मोह, जाल्पा सामुदायिक लघुवित्तसहित ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं ।  जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले बम्पर लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीहरूको शेयरमा परेको छ ।

सोही कारण यस दिन अधिकांश  लघुवित्त कम्पनीहरुको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । जाल्पा सामुदायिक लघुवित्तले आइतवार  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीसँगै तीन ओटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । जाल्पाको शेयर मूल्य प्रतिकित्ता रू.३ हजार ४०८ दशमलव ९०,नेष्डो समृद्धको रू.३ हजार १७३ दशमलव ५० र उपकार लघुवित्तको रू. ३ हजार ६३९ दशमलव ६० पुगेको छ ।

Read More