नेपाल स्टक एक्सचेञ्जमा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।
स्टकका अनुसार संस्थाकाे १० लाख ३१ हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम एक सय ४८ रूपैयाँ ६६ पैसादेखि अधिकतम ४ सय ४५ रूपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि DLBS सिम्बाेल प्राप्त गरेकाे छ ।








