ग्लोबल आईएमई लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले अहिले कै अवस्था रहिरहे लघुवित्तहरु घाटामा जान सक्ने बताएका छन् । लघुवित्तले १५ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने प्रावधान रहेको तर लघुवित्तले ऋण लिने बैंक तथा वित्तीय संस्था कै ब्याज १५ प्रतिशत भन्दा बढी पुगेकोले कठिन अवस्था आउँन सक्ने उनले बताएका हुन्।
हालै बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको ब्याजदर हेर्दा लघुवित्तले कर्जामा लिने ब्याजदर सस्तो देखिन आएको उनले बताएका छन्। प्राय जसो बैंकहरुको बेश रेटनै डबल डिजीटमा देखिएकोले बैंकमा भन्दा लघुवित्तको ब्याजदर सस्तो देखिएको उनको भनाई छ ।







