काठमाडौं : सनराइज क्यापिटलले कात्तिक १८ गते बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले २५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।







