दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बीमा बापतको रकम प्रदान गरेको छ ।
मेगा बैंकमा 'मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०' खोलेका नेपाली सेनाका राम बहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
बिराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको मेगा बैकले जनाएको छ।
मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा 'मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०' खोलेका थिए।








