सगरमाथा इन्स्योरेन्ससहित ४१ ठूला करदातालाई महानगरको अल्टिमेटम, ‘१० दिनभित्र राजस्व नतिरे कार्वाही’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सगरमाथा इन्स्योरेन्ससहित ४१ ठूला करदातालाई महानगरको अल्टिमेटम, ‘१० दिनभित्र राजस्व नतिरे कार्वाही’

काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने सगरमाथा इन्स्योरेन्स र जय नेपाल हलसहित ४१ ठूला करदातालाई कर तिर्न ताकेता गरेको छ । मेयर बालेन्द्र शाहको निर्देशनमा बुधबार महानगरपालिकाले कर तिर्नका लागि १० दिने अल्टिमेटम जारी गरेको हो ।

महानगरपालिकाले जारी गरेको सूचनाका आधारमा सूचनामा उल्लेख गरिएका व्यक्ति तथा कम्पनीहरुले सूचना जारी भएको १० दिनभित्रमा जरिवानासहित घरजग्गा÷सम्पत्ति कर बुझाउनुपर्नेछ । सूचनाका अटेर गरेर कर नबुझाए महानगरको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असुलउपर गर्ने सूचनामा उल्लेख गरिएको छ ।

Read More
  • MBL - below news