एशियन लाईफको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एशियन लाईफको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाईफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे १४.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ७१ रूपैयाँ ६२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारकाे अन्तिम कारोबार मूल्य ५ सय ४० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको १४ औँ वार्षिक साधारण सभा असोज १३ गते, बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको  १४.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशतले नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

Read More